असोज ०६, २०८१, आइतबार
               

सरकारद्वारा पाँच मुलुकलाई अन अराइभल भिसामा रोक

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

सरकारले कोरोना भाइरस अतिप्रभावित पाँच मुलुकलाई अन अराइभल भिसामा रोक लगाएको छ। अध्यागमन विभागका अनुसार चीन, इरान, इटाली, कोरिया र जापानलाई रोक लगाइएको हो।

मन्त्रिपरिषद्को आइबारको बैठकले कोरोना संक्रमणबाट प्रभावित मुलुकको भिसा जारी गर्न कडाइ गर्न निर्देशन दिएको थियो।गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती पाँच देशमा १० मार्चदेखि लागू हुने गरी अन अराइभल भिसामा रोक लगाएको हो।  

अध्यागमन विभागले विज्ञप्तिमा उल्लेख गरेअनुसार अब ती मुलुकका नागरिक नेपाल आउन चाहे सम्बन्धित देशमा रहेका नेपाली दूतावास र नियोगमार्फत् भिसा आवदेन दिन सक्नेछन्। स्वास्थ्य परीक्षणको रिपोर्टलाई आधार मानेर सम्बन्धित निकायले भिसा दिन वा नदिन भनेर निर्णय गर्न सक्नेछन्।   


कस्तो लाग्यो ?

यो पनि