बैशाख ३०, २०८१, आइतबार
               

समाजले प्रेम नस्वीकार्ने डरले एक जोडी सप्तकोसीमा हामफाले !

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

सुनसरीका एक युगल जोडीले सप्तकोसीमा हाम फालेका छन् । आइतबार दिउँसोदेखि बेपत्ता उनीहरुले सप्तकोसी हामफालेको प्रत्यक्षदर्शीले देखेको बताएका छन् । 

सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ बस्ने १५ वर्षीय किशोरी मौसम बर्देवा र सोही वडाका १९ वर्षीय पारस लिम्बूले नदीमा हाम्फालेका हुन् । 

मोबाइल र चप्पल कोसी किनारमा छाडेर हामफालेका दुवैको शव छुट्टा छुट्टै स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् । उनीहरुबीच प्रेम रहेको बुझिएको छ । 


सोमबार दिउँसो किशोरीको शव भेटिएको स्थानबाट करिब ५ सय मिटरको दूरीमा युवकको पनि शव भेटिएको हो ।

बराहक्षेत्र नगरपालिका – ७ देवीघाट बस्ने बर्देवा र सोही वडाको सोमबारे बस्ने लिम्बूले आइतबार नै सप्तकोसीमा हाम्फालेको देखिएको डिएसपी शर्माले बताए ।

सोमबार नदी किनारमा स्थानीयले किशोरीको शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा प्रहरीले दुई जोर चप्पल र दुईवटा मोबाइल फेला पारेको थियो ।

प्रहरी स्रोतका अनुसार समाजले स्वीकार नगर्ने डरले कोशीमा हाम्फालेको हुन सक्ने बताइएको छ ।

यो पनि