असोज ०६, २०८१, आइतबार
               

बर्दियामा हुलाकी सडक अवरोध

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT


बर्दियामा हुलाकी सडक अवरोध भएको छ । गुलरिया नगरपालिका र मधुवन नगरपालिकाको सिमानामा रहेको १२ नं चोकनजिक सडक अवरोध भएको हो । एक्कासि सडक अवरोध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन समस्यामा परेका छन् ।

 गएराति तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएपछि पीडित परिवारसहित स्थानीयले आवत–जावत बन्द गरेका हुन् । बन्दकर्ताले मोटरसाइकल चालकलाई कारबाही हुनुपर्ने, पीडित परिवारले क्षतिपूर्तिसहित न्याय पाउनुपर्ने माग गरेका छन् ।

गएराति करिब ९ बजे तीव्रगतिमा आएको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा मधुवन नगरपालिका–९  का ४ वर्षीय बुद्धि दमाईको मृत्यु भएको थियो । मोटरसाइकल चालक मोटरसाइकलसहित फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित पक्षसँग वार्ता गरी बाटो खुलाउने प्रयास भइरहेको छ । बालकको शव भने जिल्ला अस्पताल बर्दियामा
राखिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि