जेठ ०२, २०८१, बुधबार
               

मोडल खुश्वु ओलीलाई पक्राउ गर्न आदेश

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

मोडल खुश्वु ओलीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले आदेश जारी गरेको छ ।

फैसला कार्यान्वयनका क्रममा जिल्‍ला अदालतले यस्तो आदेश दिएको हो । खुश्वुलाई चेक बाउन्स मुद्दामा दुई वर्ष कैद सजायको भएको थियो ।

गत शुक्रबार जिल्ला अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलासले खुश्वुलाई सजाय सुनाएका थिए । सो फैसला कार्यान्वयनका लागि पीडितले निवेदन दिएका थिए ।

राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवालसँग ३६ लाख रुपैयाँ सापटी लगेकी र खुश्वुले दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि कटुवालले अदालतमा मुद्दा दायर गरेका थिए ।

सापटी लगेको पैसा फिर्ता मागेपछि कटुवाललाई खुश्वुले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन् । पटकपटक जाँदा पनि सो चेक साटिएको थिएन ।


कस्तो लाग्यो ?

यो पनि