असोज ०६, २०८१, आइतबार
               

समाजवादी विद्यार्थी युनियनद्वारा अर्थमन्त्रीको पुत्ला जलाइयो

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

समाजवादी विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पस पोखरामा अर्थमन्त्री युवराज खतिवडाको पुत्ला जलाएको छ । पुस्तक र पेट्रोलियम पदार्थमा कर बढाइएको तर ठूला व्यापारिक  घरानालाई कर मिनाहा गरिएको भन्दै विरोधस्व?प पिएन क्याम्पस गेटमा प्रदर्शन गर्दै सोमबार पुत्ला जलाएको हो ।

प्रदर्शनको क्रममा विद्यार्थी नेता रेशम सापकोटाले पेट्रोल र किताबमा कर लगाउने सरकारले एनसेल जस्ता अत्यधिक मुनाफा कमाउने निजी कम्पनीसँग किन कर उठाउन सकेन भन्दै प्रश्न गरे ।

आक्रोशित विद्यार्थीह?ले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत मागेको थियो । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेर विद्यार्थीहरूलाई तितरबितर पारेको थियो।


कस्तो लाग्यो ?

यो पनि