असोज ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री ओली अस्पताल जानुअघि मोदीको यस्तो शुभकामना

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । 

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् ।

मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख र दीर्घायूको कामना गरेका छन् ।

नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौलाको शल्यक्रिया गर्नका लागि आज (सोमबार) अस्पताल भर्ना हुँदैछन् । 

ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिदैछ ।


कस्तो लाग्यो ?

यो पनि