असोज ०६, २०८१, आइतबार
               

कमलदह नजिकै मृग देखिएपछि...

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

रुकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग (रतुवा) फेला परेको छ । 

डिभिजन वनकार्यालय रुकुम (पूर्व)का डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको (दारे) भाले मृग दहतीर घुम्न निस्किएको वेलामा आइतबार फेला पारेको जानकारी दिए । 

नेपाली सेनाको सहयोगमा मृगलाई नियन्त्रणमा लिइएको डिभिजनल वन अधिकृत सुवेदीले बताए । 

मानिसलाई देखेर अताल्लिएर भाग्न खोजेपछि तारको जालीमा ठोक्किएर मृगको मुखमा चोट लागेको सहायक वन अधिकृत सुजन राजभण्डारीले जानकारी दिए । 

उनका अनुसार अहिले मृगको उपचार भइरहेको र वन कार्यालयमा सुरक्षित राखिएको छ । 

मृगलाई आज वनमा लगेर छोडिने पनि उनले जानकारी दिए । 

पछिल्लो चरणमा मृग बजारतिर झरिरहेका छन् । 

गएको महिना पनि वन कार्यालय बसेको घरकै रेलिङमा अल्झिएको अवस्थामा मृग फेला परेको थियो ।

जङ्गलमा मान्छेको चहलपहल, खानाको अभाव, पानीका मुहान सुक्दै जान थालेसँगै जङ्गली जनावर बस्तितिर झर्न थालेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि