असोज ०६, २०८१, आइतबार
               

बन्दका कारण चीनमा वायु प्रदूषण झण्डै आधाले घट्यो

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण चीनमा भइरहेको आर्थिक बन्दीका कारण त्यहाँको वायु प्रदूषण झण्डै आधाले घटेको नासाले जनाएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्याटेलाइटबाट खिचिएका तस्बिरहरुले चीनका मुख्य सहरहरुको प्रदूषण घटेको देखाएको हो ।

भाइरस प्रकोपका कारण कारण चीनमा औद्योगिक क्षेत्रहरु र सवारी साधन ठप्प छन् । यातायात र औद्योगिक क्षेत्र ठप्प हुँदा नाइट्रोजन डाइअक्साइडको उत्सर्जनमा कमी आएको हो ।नासाको तथ्यांकअनुसार सन् २०२० को जनवरी र फेब्रुररीमा प्रतिवर्गमिटरमा उत्सर्जित नाइट्रोजन डाइअक्साइडको मात्रा शून्यदेखि १ सय २५ मोलिक्युल (अणु) एवं बढीमा २ सय ५० मात्रै छ । तर, सन् २०१९ को यसै अवधिमा उत्सर्जित यसको मात्रा प्रतिवर्गमिटर ५ सय मोलिक्युलसम्म पुगेको थियो ।

‘यति ठूलो मात्रामा प्रदूषणको स्तर घटेको तथ्यांक मैले पहिलो पटक देख्दै छु’, नासाको गोडार्ड अन्तरिक्ष केन्द्रका अनुसन्धानकर्ता फे लिउले भनेका छन् ।यसअघि सन् २००८ को बन्दीका वेला प्रदूषणको मात्रामा कमी आएको थियो । तर, त्यसवेला भन्दा अहिले झन् कमी आएको देखिएको हो ।
 


कस्तो लाग्यो ?

यो पनि