जेठ ०६, २०८१, आइतबार
               

महिला कुट्ने प्रहरी कारबाहीमा

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा  भाइरल बनेपछि प्रहरी निरीक्षक इन्स्पेक्टर देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ ।

महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार  पौडेललाई जावलाखेलमा तानिएको छ । 

‘एसपी दुर्गा सिंह नेतृत्वको समितिले पनि छानविन गरिरहेको छप्रहरी वरिष्ठ उपरीक्षक  ‘अहिले भैंसेपाटीमा प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको छ’, राईले भने ।

नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादका क्रममा बिहीबार पौडेलले लाठी चार्ज गरेका थिए । साहका लागि न्याय माग्न भन्दै खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई उनले लाठी हानेका थिए ।

बच्चा सहित रहेकी श्रेष्ठलाई पौडेलले लाठी हानेका हुन् ।  पौडेलले घरमा छिरेर हुलहुज्जत र तोडफोग गरेपछि सामान्य बल प्रयोग गर्नुपर्ने स्पष्टिकरण दिएका थिए ।


 


कस्तो लाग्यो ?

यो पनि