असोज ०६, २०८१, आइतबार
               

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा बस्ताकोटी

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

भक्तपुर । निर्माण व्यवसायी सङ्घ भक्तपुर जिल्ला कार्यसमितिको १९औं साधारणसभा तथा सातौं अधिवेशनले राजकुमार बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  

शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नगर समिति संयोजकसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष निरञ्जन बजगाईंले जानकारी दिए ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्वितीय उपाध्यक्ष लब गिरी, महासचिवमा शिवहरि दाहाल केसी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधीर थापा र सहकोषाध्यक्षमा विमल शिल्पकार चयन भएका छन् । 

त्यसैगरी सदस्यमा रामहरि फुँयाल, रोशनकुमार थापा, राजकुमार खड्का, सुनिता खत्री र तुलसीमैया ज्याख्वा चयन भएका छन् । 

त्यसैगरी अधिवेशनले चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नगरसंयोजकमा सुरेन्द्र सुवाल चयन गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि