असोज ०१, २०८१, मंगलबार
               

लागुऔषध सेवन गरी सवारी चलाउने चालक पक्राउ

नेपाल फ्ल्यास
फागुन १७, २०७६

सा‍ंकेतिक
ADVERTISEMENT

नेपाल प्रहरीले मादक पदार्थ  र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले माधक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने २७ वर्षीय सविन थापामगर र २५ वर्षीय केशर नेपालीलाई आज छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । 

पक्राउ परेका थापामगर मादक पदार्थ सेवन गरी बा२ख ४४६० नंको टिपर चलाउँदै गरेको अवस्थामा र नेपाली लागुऔषध गाँजा सेवन गरी बा१ख २७६८ नंको माइक्रोबस चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । 
    
माधक पदार्थ सेवन री टिपर चलाएका थापामगर चन्द्रागिरि नगरपालिका–१५ मा उत्तम राउतको घरमा क्षति पुर्‌याएर फरार रहेको अवस्थामा पक्राउ गरिएको श्रेष्ठले बताए । गाँजा सेवन गरी माइक्रोबस चलाउने नेपाली तनहुँबाट यात्रु बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नेपालीको साथबाट १५ ग्राम गाँजासमेत बरामद गरेको छ । 

पक्राउ परेका थापामगरलाई मुलुकी अपराध संहिता–२०७४ र लागुऔषध सेवन गरी सवारी चलाउने नेपालीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि