असोज ०६, २०८१, आइतबार
               

भक्तपुरका खाजाघरमा प्रहरीको छापा, १६ जना पक्राउ

नेपाल फ्ल्यास
फागुन १७, २०७६

फाइल तस्विर
ADVERTISEMENT

भक्तपुर । भक्तपुर प्रहरीले जिल्लाका विभिन्न स्थानका होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेर १६ जनालाई पक्राउ गरेको छ । 

अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानुन विपरितका (अवैध) कार्य हुँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेर १६ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा आठ जना पुरुष र आठ जना महिला छन् । 

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी चक्रराज जोशीका अनुसार, पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरबाट उनीहरुलाई नियन्त्रण लिइएको हो । 

यस क्षेत्र यौन अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु गरेर ‘स्विप अपरेशन’ चलाएको उनले बताए । 

विशेषगरी यस क्षेत्रमा सञ्चालित खाजाघर, गेष्ट हाउस तथा रेष्टुराँलाई प्रहरीले निगरानीमा राखेको छ । 


कस्तो लाग्यो ?

यो पनि