असोज ०६, २०८१, आइतबार
               

मनै लोभ्याउने मार्खु (फोटोफिचर)

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

काठमाडौं । मार्खु, मकवानपुर जिल्लाको एउटा सुन्दर गाउँ । मार्खुबाट ७ किलोमिटरसम्म लम्बिएको मानव निर्मित इन्द्र सरोबर ताल सुरु हुन्छ ।
काठमाडौंको कोलाहल र तनावबाट मुक्ति चाहानेका लागि नजिकको उत्कृष्ट र सजिलो घुमफिर स्थल हो मार्खु ।

राजधानीबाट गाडीमा २ घण्टामै पुग्न सकिने भएकाले पछिल्लो समयमा यहाँसम्म पुग्नेहरु बाक्लिँदैछन् । यो अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र बनेको छ ।

पर्यटकहरु मार्खु पुग्छन्, कुलेखानीका माछा खान्छन्, इन्द्र सरोबरमा डुंगा चढ्छन्, फोटो खिच्छन् र आनन्दित भएर फर्किन्छन् ।

चन्द्रागिरी पर्वतको काँखमा अवस्थिति यो तालमा पुग्दा जो कोहीलाई पनि स्वर्गको एउटा भागमा पुगेजस्तो अनुभव हुन्छ । कञ्चन, शान्त र शितल यो तालमा आफ्नो समय विचरण गर्नु आफैंमा अनुपम अनुभव हुन्छ ।

काठमाडौं नजिकैको तालमा डुंगा सयर गर्नु सबैको लागि नौलो नै हुन्छ । यस्तै वरपरको हरियाली, तालको वारीपारी चिटिक्क सजिएको मानव वस्ती पनि कम्ता सुन्दर लाग्दैनन् ।

मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित यो ताल जलविद्युत आयोजनाका लागि कुलेखानीमा ड्याम थुनेर बनाइएको हो । यो ताल नेपालको एक मात्रै ‘पावर ब्याकअप’ पनि हो ।

यहाँ केजमा माछा पाल्ने पनि गरिएको छ । यही तालभित्रै जाल राखेर त्यसैभित्र माछा पालेर जीविकोपार्जन गर्नेहरु पनि धेरै छन् ।

साथै, यहाँको प्राृकतिक सौन्दर्यतासँग मन्त्रमुग्ध नहुने कमै होलान् ।


कस्तो लाग्यो ?

यो पनि