जेठ ०५, २०८१, शनिबार
               

चोरीको आरोपमा छिमेकीको हत्या

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

रौतहट । रौतहटमा एक व्यक्तिले छिमेकीको हत्या गरेको छन् । शुक्रबार राति छुरा प्रहार गरी उनले छिमेकीको हत्या गरेका हुन् ।

कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेका हुन् । 

छुरा प्रहार गर्ने आलमलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिए । 

पानी तानने मोटर चोरी गरेको आरोपमा मुसताकले अब्दुललाई छुरा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार राति घरबाट छुरा लिएर निस्किएका मुस्ताक र अब्दुलबीच हँथियाही गाविसका पूर्व अध्यक्ष सेराजुल देवानको घर अगाडि भेट भएको थियो ।

सुरुमा मोटर चोरीको विषयमा दुईबीच भनाभन   भएको र त्यसपछि कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिटपछि आक्रोशित मुस्ताकले छुरा निकालेर अब्दुलको पेटमा प्रहार गरेका थिए । छुरा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना भएको दुई घन्टापछि आरोपी आलमलाई गुजरा नगरपालिका–६ खतवहिया गाँउबाट पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि