असोज ०६, २०८१, आइतबार
               

जिप दुर्घटनामा एकको मृत्यु

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु १ ज ४०७९ नंको बलेरो जिप आज दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जिप दुर्घटनामा मृत्यु भएको हो । 

मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । नेपालगञ्जबाट सिम्ता जामुने बजार सुर्खेततर्फ गइरहेको उक्त जिप सडकको बायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए । 

प्रहरी निरीक्षक माधव चौधरी नेतृत्वको टोलीले सिम्ता–९ सुर्खेत निवासी २६ वर्षीय जीप चालक जीवन पुनको गाडीको अघिल्लो भागले च्यापिएको अवस्थामा उद्धार गरेको प्रवक्ता रावलले बताए । उनका अनुसार चालक पुनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ । घटनामा सिम्ता–९का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सूर्यबहादुर रोकाया, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय बिरुनाथ योगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि