बैशाख २१, २०८१, शुक्रबार
               

ठगीको आरोपमा अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

काठमाडौं । अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगीको  अभियोगमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट बन्न लागेको चलचित्र ‘धूपौरे’ मा खेल्न सहमति गरी ५ लाख एडभान्स  लिएका लिएका उनले चलचित्रमा काम नगरेको भन्दै प्रहरीमा उजुरी परेको हो । 

चलचित्रका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले  जानकारी दिए । 
  
अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले चलचित्रमा काम नगरी ठगी गरेको उजुरीमा उल्लेख छ ।  

यस्तै चलचित्रमा काम गर्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि