असोज ०६, २०८१, आइतबार
               

चेक बाउन्स मुद्दामा खुश्वु ओलीलाई दुई वर्ष जेल सजाय

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

जिल्ला अदालत काठमाडौंले खुश्वु ओलीलाई चेक बाउन्स मुद्धामा दुई वर्ष कैद सजायको फैसला सुनाएको छ । शुक्रबार जिल्ला अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईको एकल इजलासले चेक बाउन्स मुद्दामा खुश्वुलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको हो।

राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवालसँग ३६ लाख रुपैयाँ सापटी लगेकी खुश्वुले दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि कटुवालले अदालतमा मुद्दा दायर गरेका थिए।

सापटी लगेको पैसा फिर्ता मागेपछि कटुवाललाई खुश्वुले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन्।


कस्तो लाग्यो ?

यो पनि