बैशाख २१, २०८१, शुक्रबार
               

एसिड प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब (एसिड) प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

साथै पीडित कंशाकारको उपचारमा खर्च भएको  एक करोड १४ लाख ८५ रुपैयाँ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ । 

जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ । 

अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौंडाका सञ्जय मण्डललाई दुई वर्ष ६ महिना कैद सजायसहित ४० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

विवाहको प्रस्ताव अस्विकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा तेजाब प्रहार गरेका थिए । 

त्यसपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए । 

वीरगञ्ज हुँदै भारत भागेका उनीलाई छ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो ।  

आक्रमणबाट कंशाकारको अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको छ ।

कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि