जेठ ०६, २०८१, आइतबार
               

तीन जना एआईजीमा सिफारिस

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

तीन जना प्रहरी नायव महानिरीक्षक तारणि लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । बढुवा सूचीको पहिलो नम्बरमा लम्साल, दोस्रोमा क्षेत्री र तेस्रोमा पाल रहेका छन् ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन जना एआईजीमा उनीहरूको नाम सिफारिस गरेको हो । प्रहरी नायव महानिरीक्षक (डीआईजी) को वरीयतामा पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहेका उनीहरूलाई सोही वरीयताअनुसार एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

माघ २८ मा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसँगै एआईजीहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यानले समेत ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि एआईजी दरबन्दी रिक्त रहेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि