बैशाख २६, २०८१, बुधबार
               

स्वास्थ्य क्षेत्रमा जापानको सहयोग बढ्छ : राजदूत मासा

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

नेपालका लागि जापानी राजदूत साइगो मासामिचीले नेपालका विकट क्षेत्रको जनताका लागि स्वास्थ्य क्षेत्रमा जापान सरकारले सहयोग बढाउने बताएका छन् ।

बिहीबार जिल्ला अस्पताल धनकुटाको अक्सिजन प्लाण्ट हस्तान्तरण गर्दै राजदूत मासामिचीले जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल जापान सम्बन्ध थप सुमधुर भएको बताए । 

सूर्यबहादुर फाउण्डेशनको पहलमा जिल्ला अस्पताल धनकुटालाई जापानी राजदूतावासले अनुदानमा अक्सिजन प्लान्ट हस्तान्तरण निर्माण गरिदिएको हो । राजदूत मासामिचीले भने जापान सरकारको सानो सहयोग रहेको कोसी पहाडका दमखोकी, निमोनियालगायत धेरै बिरामीलाई राहत पुगोस् भनेर जिल्ला अस्पताल धनकुटा र पूर्वउद्योगमन्त्री सुनिलबहादु थापाको अनुरोधमा सो प्लान्ट निर्माण गरेको बताए । सो प्लाण्टबाट  ५० बेडको शय्याका विरामीका लागि अक्सिजन वितरण गर्न सकिने चिकित्कले बताए ।

जापानी राजदूत साइगो मासामिचीले जिल्ला अस्पताल धनकुटाका प्रमुख पुजन विश्वकर्मालाई प्लाण्ट हस्तान्तरण गरेका थिए । जापान सरकारको ९६ लाख ६२ हजार १ सय १३८ रुपैयाँको लागतमा निर्माण गरिएको विश्वकर्माले बताए । जिल्ला समन्वय प्रमुख एवं जिल्ला अस्पताल धनकुटा अध्यक्ष टंक चुहानको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद राजेन्द्र राईले कार्यक्रम उद्घाटन गरेका थिए । 

पूर्व उद्योगमन्त्री सुनिलबहादुर थापासमेतको उपस्थितिमा भएको कार्यक्रमपछि जापानी राजदूत मासामिचीले रामप्रसाद आँखा अस्पताल धनकुटाको समेत अवलोकन गरेका थिए । १५ शय्याको स्वीकृत जिल्ला अस्पताल धनकुटामा हाल ३५ शय्या सञ्चालनमा रहेका छन् । कुल ५ विषेशज्ञ चिकित्सकको दरबन्दीमा ३ जना करारका चिकित्सकले अस्पताल सञ्चालनमा ल्याएका छन् । धनकुटा, भोजपूर, स‌खुवासभा र तेह्थुमलगायत कोसी पहाडका विभिन्न जिल्लाका जनतालाई सुविधा हुने जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट पुजन विश्वकर्माले बताए ।

यो पनि