जेठ ०२, २०८१, बुधबार
               

फ्रान्समा रोजगारी मिलाइदिन्छु भन्दै ३८ लाख ठग्ने महिला पक्राउ

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– १९ बस्ने पूर्णिमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 

उपरीक्षक सिंहका अनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा खाना प्याकिङको काममा आकर्षक तलब पाइने लोभ देखाएर तीन जनाबाट ३८ लाख पचास हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । 

पीडितले गत माघ २८ मा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको सिंहले जानकारी दिए । श्रीषलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौ‌ं पठाइएको महाशाखाले जनाएको छ । 

यो पनि