बैशाख २४, २०८१, सोमबार
               

सुरुङमार्गलाई प्रदेश गौरवको आयोजना बनाउँछौं : मन्त्री फुयाँल

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारको ध्यान सुरुङमार्गको विकास एवं विस्तारमा केन्द्रित भएको बताएका छन् । 

कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा रहेको बाल विकास माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा आज उनले केन्द्रीय राजधानी काठमाडौँबाट प्रदेश राजधानी हेटौँडा जोड्ने सुरुङमार्गलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाउन लागिएको बताए । 

‘मदन भण्डारी मार्गलाई सहज बनाउन पोष्टबहादुर सुरुङमार्ग बनाइँदै छ, प्रदेशका अन्य स्थानमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ, सहुलियत दरमा सहज यात्रा एवं छिटो गन्तव्यमा पुग्ने नागरिकको चाहना पूरा गर्न सुरुङ मार्गको विकास एवं विस्तारमा प्रदेश सरकार लागि परेको छ’, मन्त्री फुयाँलले भने । 

१९१७ सालमा चुरियामाईमा दक्षिण एसियाकै पहिलो सुरुङमार्ग निर्माण गरेको नेपालले लामो समय यसलाई प्राथमिकता राख्न नसके पनि अब यसमै ध्यान केन्द्रित गर्न लागेको उनले बताए । आफूले शिवपुरी जंगलबाट दाउरा बोकेर ल्याउने बेलामा कल्पना गरेको उपत्यका काठ चक्रपथ कार्यान्वयन गराउने मन्त्रालयमा आफू पुगेकाले छिटो काम गर्न लागिपरेको बताए । उपत्यकाका तीनवटै जिल्ला जोडिने काठ चक्रपथको १५० किमीमध्ये गोकर्णेश्वरको जगडोलबाट कागेश्वरी मनोहरा नगरपालिकाको अधिकारी गाउँसम्मको १० किमीको काम चालु आर्थिक वर्षमा अघि बढेको छ। 

यसका लागि मन्त्रालयअन्तर्गत रु ३० करोड बजेट विनियोजन भएको जानकारी पनि मन्त्री फुयाँलले दिए । प्रदेशमा यातायात पूर्वाधार क्षेत्रलाई व्यवस्थित गर्ने र एक घर एक धारा अभियानलाई सफल बनाउने योजनालाई प्राथमिकता दिइएको पनि उनले बताए । 
 

यो पनि