असोज ०६, २०८१, आइतबार
               

घूस लिने सब-इन्जिनियर अख्तियारकाे नियन्त्रणमा

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएकाे अभियोगमा सब-इन्जिनियर नवलेसकुमार रौनियारलाई नियन्त्रणमा लिएकाे छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत आयोजना कार्यान्वयन इकाई  कास्कीबाट खटिएका सव-इन्जिनियर नवलेस कुमार रौनियारले सेवाग्राहीसँग ४० हजार ५ सय घूस लिएकाे अभियोगमा नियन्त्रणमा लिइएकाे अख्तियारले जनाएकाे छ । 

घूस लिएको विषयमा जिल्ला आयोजना कार्यान्वयन इकाई  कास्कीबाट प्राप्त पत्र तथा संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा निज सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएकाे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि