असोज ०६, २०८१, आइतबार
               

दलित र गरिबका लागि आवास बनाइने

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

सङ्घीय र प्रदेश नं २ सरकारद्वारा दलित, गरिबका लागि प्रदेशका आठै जिल्लामा आवास निर्माण गरिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको दलित, गरिब आवास परियोजनाअन्तर्गत सो परियोजना चालू आर्थिक वर्षमै शुभारम्भ हुने भएको छ ।

परियोजनाका प्राविधिक भगवान् झाका अनुसार चालू आवमै सप्तरीको मलेठबाट सो परियोजनाको निर्माण कार्य शुभारम्भ हुनेछ । सो कार्यका लागि प्रदेश सरकारको पहलमा राजविराज नगरपालिकाले एक बिघा जग्गा उपलब्ध गराउने भएको छ । सो परियोजनाअन्तर्गत एक परिवारलाई आवश्यक पूर्वाधारसहितको तीन कोठाको आवास  उपलब्ध गराइने योजना रहेको छ । 

    योजनाअन्तर्गत परिसरमा घर, शौचालय, भान्सा, खानेपानी, सडक, विद्युत, चौपाया राख्ने व्यवस्थासमेत गरिएको छ । सङ्घीय सरकारले सो कार्यका लागि रु १० करोड रकम उपलब्ध गराएको छ । आगामी वर्षमा क्रमशः प्रदेशका अन्य जिल्लामा पनि आवास निर्माण गरिने र सो निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिइनेबारे छलफल भइरहेको प्राविधिक झाले बताउनुभयो ।


कस्तो लाग्यो ?

यो पनि