जेठ ०५, २०८१, शनिबार
               

बुहारीसँग ‘अनैतिक सम्बन्ध’ राखेपछि छोराद्वारा बुवाको हत्या !

नेपाल फ्ल्यास
फागुन ११, २०७६

hatya
ADVERTISEMENT

बुहारीसँग अनैतिक सम्बन्ध राखेको आशंकमा रौतहटमा एक युवाले आफ्नै बुवाको हत्या गरेका छन् । 

जिल्लाको दुुर्गाभगवती गाँउपालिका वडा ३ का राजकुमार पण्डित कुम्हारले आफनै बावु ७० वर्षीय फेँकन पण्डितलाई गत माघ २८ गते बिहान ३ः३० बजे बीभत्स हत्या गरेका हुन् । प्रहरीले भने आज पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको छ । 

दुर्गाभगवती ३ देवीपर्सा गाँउछेउमा रहेको गोठमा सुतिरहेको बाबुमाथि हतौडा प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । 

अभियुक्त पण्डितमाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि