असोज ०६, २०८१, आइतबार
               

हराएको मूर्ति फेला

नेपाल फ्ल्यास
फागुन ११, २०७६

सा‌ंकेतिक
ADVERTISEMENT

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ स्थित विम्रेनी वनको ओढारभित्र रहेको दोमवाङ पोखरी महादेव मन्दिरबाट हराएको मूर्ति आठ महिनापछि फेला परेको छ ।

प्रहरी र स्थानीयको सक्रियतामा खोजतलासपछि सोही वडाको विम्रेनी सामुदायिक वनमा लुकाइछिपाई राखेको अवस्थामा शुक्रबार फेला परेको हो । भेटिएको मूर्तिलाई मन्दिरका पुजारी ङडुप लामाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार महादेव मन्दिरमा रहेको शीलाको साँढे (वसाह) गत साउनमा हराएको थियो । मूर्ति हराएपछि स्थानीय र पुजारीले खोजतलासका लागि भदौ ३ गते प्रहरीमा निवेदन दिएपछि खोजतलास सुरु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि