बैशाख २५, २०८१, मंगलबार
               

प्रधानमन्त्री जन्मदिन मनाउन पुर्ख्याैली घर तेह्रथुम जाने

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी ओली भोलि अर्थात् आइतबार जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । 

प्रधानमन्त्री ओलीको फागुन ११ गते जन्मदिन पर्छ । प्रधानमन्त्री आफ्नो ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्याैली घर जान लागेका बालुवाटार स्रोतले जनाएको छ । 

ओलीको आठराईस्थित घरमा जन्म भएको थियो । उनको बाल्यकाल र किशोरावस्था त्यही घरमा बितेको थियो भने पछि उनको परिवार झापा बसाइँ सरेको हो । ओलीले सो पुरानो घर दसैंअघि पुनर्निर्माण गर्न लगाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि