असोज ०६, २०८१, आइतबार
               

अतिक्रमित तीनकुनेस्थित सरकारी जग्गामा डोजर चल्यो

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

काठमाडौंको तीनकुनेस्थित जागृतिनगरमा रहेको सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहरामा प्रशासनले डोजर चलाएको छ । 

प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी नेतृत्वको टोलीले शनिबार अतिक्रमित जग्गामा डोजर चलाएको हो । वडाध्यक्ष भण्डारीका अनुसार ६ रोपनी २ आना सरकारी जग्गा खाली गराइरहेको छ

सरकारले जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेको थियो । तर स्थानीयले अटेर गरेर बसेपछि डोजर चलाउनुपरेको वडाध्यक्ष भण्डारीले बताए । 

। ‘पटक पटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौं’, उनले भने ।

टहरामा बसेकाहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । ३५ दिने सूचना दिनुपर्नेमा १५ दिन मात्र दिएर जोडर लगाएको उनीहरुको गुनासो गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि