जेठ ०७, २०८१, सोमबार
               

सहकर्मी बलात्कार गरेको आरोपमा चिकित्सक पक्राउ

नेपाल फ्ल्यास
फागुन १०, २०७६

प्रतिकात्मक तस्विर
ADVERTISEMENT

रौतहट । रौतहटमा सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा पोलीक्लिनिक सञ्चालक चिकित्सक (अहेब) पक्राउ परेका छन् ।

गरुडा ४ मा अर्चना पोलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका मौलापुर नगरपालिका ५ निवासी ३५ बर्षिय श्यामशुन्दर पटेल पक्राउ परेका हुन् ।

आफनै क्लिनिककी महिला सहकर्मीलाई जवरजस्ती करणी गरेको आरोपमा 'अहेब'लाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

पीडित  महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण गरिएको प्रहरीले जानकारी दिएको छ ।

पटेलले दुई बर्षदेखि गरुडामा पोलीक्लिनिक सञ्चालन गर्दै आएका थिए ।

पोलीक्लिनिकमा कार्यरत महिलाले आफूलाई 'विवाह गर्ने प्रलोभन देखाएर' पटक–पटक यौनशोषण गरेको प्रहरीसमक्ष जाहेरी दिएकी छिन् ।

पटेलले करणी गरेपछि आफू तीन महिनाको गर्भवती रहेको समेत पीडित महिलाले बताएकी छिन् । 

यस घटनामा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि