जेठ ०१, २०८१, मंगलबार
               

जेलबाट छुटेको एक हप्तामै ‘ठगी’ धन्दा

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

काठमाडौँ । चार वर्ष जेल बसेर छुटेका एक व्यक्तिलाई प्रहरीले ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले शुक्रवार दिउसो काठमाडौँ गोलढुंगाका राजकुमार चापागाईँलाई पक्राउ गरेको हो । 

गृहमन्त्रालयको सिफारिसमा सरकारले कैद मिनाहाको सिफारिसबाट एक हप्ता अघि जेलबाट छुटेका चाँपागाइले आफू प्रधानमन्त्री कार्यालय तथा सहरी विकास मन्त्रालयको कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिहरूसँग रकम बार्गेनिङ गरेका थिए । प्रहरीमा सो उजुरी परेपछि उनलाई शुक्रबार पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पुष्टि गरेका छन् । उनले प्रहरीको सरुवा बढुवा गरिदिन्छु कर्मचारी सरुवा गरिदिन्छु भन्दै रकम बार्गेनिङ गरेका थिए । 

‘हामी अनुसन्धान गर्देछौ मानिसहरूलाई ठगेको अवस्था भने छैन तर आफूलाई मन्त्रीको पिए तथा सरकारी कर्मचारी रूपमा प्रस्तुत गरेको पाएका छौ’, डिएसपी बोगटीले भने । चापागाईँ यसअघि पनि ठगी मुद्रामा जेल परेका थिए ।


कस्तो लाग्यो ?

यो पनि