मंसिर ०७, २०८१, शुक्रबार
               

पशुपति क्षेत्रबाट ६० जना नियन्त्रणमा

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

काठमाडौँ । पाशुपात क्षेत्रमा मादक पदार्थ तथा गाँजा खाएर हुलदङ्गा गर्ने साठी जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर गौशाला वृत्त, वानेश्वर र बौद्धमा राखेको छ । 

शिवरात्रि पर्वलाई मर्यादित धार्मिक संस्कार अनुसार मनाउन आग्रह गर्दै आएको प्रहरीले हुलदङ्गा गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार उनीहरूलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइनेछ । ‘केहीले मादक पदार्थ सेवन गरेका छन् केहीले गाँजा जस्तो पदार्थ सेवन गरेको देखिन्छ उनीहरू पेशेवर गँजडी नभएकाले सामान्य अवस्था भए छाडिने नत्र अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइने छ,’ बोगटीले भने ।


कस्तो लाग्यो ?

यो पनि