भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्ला पर्यटन विकास समिति बागलुङको आयोजनामा शुक्रबार गण्डकी प्रदेशको प्रशिद्ध धार्मिक स्थल कालिका मन्दिरदेखि काठेखोला गाउँपालिका–२ डोहोरीसम्म मोटरसाईकल यात्रा गरिएको छ । यात्राको शुभारम्भ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्ट लगायतका विशिष्ट अतिथीहरुको उपस्थितिमा गरिएको थियो ।
उद्घाटन समारोहमा बाेल्दै भट्टले भ्रमण वर्षलाई सफल पार्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।