मंसिर ०७, २०८१, शुक्रबार
               

शिवरात्रीको दर्शनार्थिका कारण गौशाला, चाबहिल क्षेत्रमा गाडीको चाप
बैकल्पिक सडक प्रयोग गर्न आग्रह

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको भीड बढेका कारण काठमाडौंको गौशाला, चाबहिल, विमानस्थल, पुरानो बानेश्वर, रातोपुल लगायतका क्षेत्रमा गाडीको चाप बढेको छ ।  गाडीको चाप बढेकोले बाटो मोडेर पठाउनुपर्ने अर्थात डाइभर्ट गर्नुपर्ने अवस्था भने रहेको  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सकेसम्म चाहिलबाट पिङगलास्थानसम्म जाने बाटो प्रयोग गर्नुको साटो बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।  पशुपतिनाथ मन्दिरमा जानेहरुका गाडी राख्न तिलगंगा क्षेत्र, सिफल चौर र गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको पनि छ ।

यसैबीच ट्राफिक प्रहरीले पशुपतिनाथ दर्शनका लागि जाँदा सकेसम्म सार्वजनिक गाडी प्रयोग गर्न आग्रह गरेकोे छ । नीजि गाडी पार्किङमा समस्या हुने र चाप पनि बढ्ने भएकाले दर्शनका लागि जाँदा सकेसम्म सार्वजनिक गाडीमा जान आग्रह गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि