मंसिर ०७, २०८१, शुक्रबार
               

अडियो सार्वजनिक गर्ने मिश्रलाई पक्राउ गर्न समितिकाे निर्देशन

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

संसदकाे सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या र अपमान गरेको भन्दै विजय मिश्रलाई पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ । 

समितिका सदस्य र समितिबारे अफवाह फैलाएको भन्दै  फेसबुकमा पोष्ट गर्ने प्रभात किशोर उपाध्ययलाई पनि पक्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई समितिले पत्र लेखेको हो । 

समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कति रकम दिइयो भन्दै फेसबुक अकाउन्टमा लेखेका थिए ।  त्यस्तै, स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए । 

मिश्रले नै निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो सार्वजनिक गरेका थिए । 

 


कस्तो लाग्यो ?

यो पनि