मंसिर ०७, २०८१, शुक्रबार
               

भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि दर्शनार्थीको भीड

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

दोलखा । सुप्रशिद्ध दोलखाको भीमेश्वर मन्दिरको शीलामा १७ औं पटक ‘पसिना’ आएको छ । बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई ‘पसिना’ आएको हो । भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहि आएको  छ । यस अगाडि २०७४ सालमा भीमेश्वरलाई ‘पसिना’ आएको थियो । शीलामा ‘पसिना’ आएपछि मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।
शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्नुलाई भीमेश्वलाई पसिना आएको भन्ने गरिन्छ । पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा पठाउने चलन छ । भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा ‘पसिना’ आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा सामग्री पठाएकी थिइन् ।
 


कस्तो लाग्यो ?

यो पनि