मंसिर ०७, २०८१, शुक्रबार
               

महाशिवरात्रिमा यसरी गरिँदैछ ट्राफिक व्यवस्थापन

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वकेन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन मिलाएको छ । 

महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउन योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको बताएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार, एयरपोर्ट हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागि तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुँदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासवाहक, सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाएको छ ।

महाशाखा प्रमुखले शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एव सहज रुपमा आवागमनको व्यवस्था मिलाउन ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएको र आवश्यकता अनुसार डाइभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधसमेत गरिने ढकालले बताए । 

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने, ‘दर्शानार्थीको अत्यधिक चाप हुन गई गौशाला चोक हुँदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुविधालाई ध्यानमा राखी गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केही समयको लागि वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यवस्था मिलाइनेछ ।’

 त्यसैगरी तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनलाई भने तीनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वरलगायत स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने उनले जानकारी दिए । 

यो पनि