जेठ ०५, २०८१, शनिबार
               

विद्यालयकाे हाेस्टलमा विद्यार्थीद्वारा आत्महत्या
विद्यालयकाे यातना सहन नसकेर छाेराले 0आत्महत्या गरेकाे बुवाकाे आराेप

नेपाल फ्ल्यास
फागुन ०६, २०७६

ADVERTISEMENT

सर्लाहीकाे लालबन्दी नगरपालिका–२ स्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुल नवलपुरको निर्माणाधीन होस्टल भवनमा एक विद्यार्थीले आत्महत्या गरेका छन् ।  साेही विद्यालयमा अध्ययनरत अमन चौधरी झुण्डिएकाे अवस्थामा फेला परेपछि यातना सहन नसकेर आत्महत्या गरेको परिवारजनले दाबी गरेका छन् ।

चौधरीका बुबा अस्मिनकुमारका अनुसार यातना सहन नसकेकै कारण तन्नाको पासो लगाएर झुण्डिन बाध्य भएका हुन् । विद्यालयकै कारण छोराको ज्यान गएको भन्दै उनले घटनाको गम्भीर ढंगले छानविन गर्न मागसमेत गरेका छन् । चौधरीका परिवार तथा आफन्तले मंगलबार साँझ एक घण्टा विद्यालय अगाडि बालकको शवसहित प्रदर्शन समेत गरे ।

विद्यालयका प्रिन्सिपल सुदिप कार्कीले भने परिवारजनले लगाएको आरोप निराधार रहेको दावी गरेका छन् ।  घटनाको विषयमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । विद्यालयको कक्षा ८ मा अध्ययनरत चौधरीलाई होस्टलको निर्माणाधीन भवनमा तन्नाको पासो लगाएर झुण्डिएको देखेलगत्तै अन्य विद्यार्थी तथा शिक्षकले उद्धार गरेर तत्काल नमुना अस्पताल पुर्‍याएका थिए । तर अस्पतालले चौधरीलाई मृत घोषणा गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि