जेठ ०४, २०८१, शुक्रबार
               

हेलिकप्टरबाट कालापानी हेरेर फर्किए मन्त्री पोखरेल

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

दार्चुला । हेलिकप्टरबाट कालापानी क्षेत्रको अवलोकन गरेर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल फर्किएका छन् ।

सोमबार बिहान दार्चुलाको सदरमुकाम खलंगाबाट साढे ८ बजे नेपाली सेनाको हेलिकोप्टरबाट कालापानी क्षेत्रको अवलोकनको लागि उडेको मन्त्रीसहितको टोली ९ बजेपछि फर्किएको हो ।

मन्त्री पोखरेलसहितको टोलीमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेष सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी सहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मी थिए ।

उक्त टोलीले कालापानी क्षेत्रको अवलोकन गरको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौडेलले जानकारी दिए ।  

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसके पनि हेलीकप्टर बाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धु नाथ पौड्यालले जानकारी दिए ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्दछ । 

व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिस बस्ने गरेका छन् ।  

त्यो बाहेक छ महिना यहाँका स्थानीय बसाई सराई गरेर सदरमुकाम खलंगा झर्ने गर्छन् । 

सुरक्षाकर्मी पनि हिमपातका कारण ब्यास गाउँपालिकाको वडा नं २ दुम्लीङ झरेका छन् ।
 
सुरक्षाकर्मी र मानिसहरु तल झरेका कारण त्रिदेशीय सीमाक्षेत्र अहिले मानवविहिन बनेको छ । 

तर, भारत सरकारले भने हिउँमा बस्ने विशेष प्रकारको ब्यवस्थापन गरी सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मी राखेको छ । 


कस्तो लाग्यो ?

यो पनि