जेठ ०७, २०८१, सोमबार
               

पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमाथिकाे फैसला समय अभावले हेर्दाहेर्दैमा राखिएको छ ।

आइतबार सुनुवाइ भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए-‘सम्भवत: भोलि फैसला आउँछ ।'

आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो । स‌ंसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।


कस्तो लाग्यो ?

यो पनि