जेठ ०७, २०८१, सोमबार
               

मध्यरातमा कसले गर्यो कोठामा पढिरहेकी कविताको हत्या ?

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

सल्यान । सल्यानमा एक किशोरीको हत्या भएको छ।

सल्यान प्रहरीका अनुसार जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं. १, तल्लो काभ्रामा १६ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो।

स्वासनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

अभिभावकका अनुसार शुक्रबार राति ९ बजेसम्म कविता कोठामा एक्लै पढिरहेकी थिइन्। 

घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुन सक्ने र त्यही बेला उनको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ।

राति १ बजे मात्र परिवारले कविताको खोजी सुरु गरेका थिए। 

तर कोठामा उनी नदेखपछि खोज्दै जाँदा घरदेखि १५ मिटरजति पर उनी मृत अवस्थामा फेला परेको डीएसपी खतिवडाले बताएका छन्।

घटनावारे अनुसन्धान भइरहेको सल्यान जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि