बैशाख २४, २०८१, सोमबार
               

खरिपाटी क्वारेन्टाइन : सबैको  र्‍याल परीक्षण गरिदै, २ पटक ज्वरो नापिने

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

आईतबार विहान चीनको वुहानबाट ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।  

कोरोना भाइरस संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरुलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ ।

सबैको  दैनिक २ पटक ज्वरो नापिने छ । सबैको प्रारम्भीक Throat Swab जाँच क्वारेन्टाईनमा पुगेपछि गरिएको छ ।  अर्को जाँच १४ दिनमा गरिनेछ ।

खरिपाटीमा बसोबास गर्दा ध्यान दिनुपर्ने बिषयहरु

    क्वारेन्टाईनमा लगभग ६० कोठाहरुमा उचित दुरिको फरकमा एक जनादेखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ । लगभग ६ जनाले एक शौचालय प्रयोग गर्न थालेका छन् । 

    क्वारेन्टाईनमा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, Infection Prevention and Control को सबै ब्यवस्थापन गरिएकोछ  ।

    स्वास्थ्य टोलि आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन। 

    विशेष स्वास्थ्य जाँचको लागि क्लिनिकको व्यवस्था छ।

    व्यक्ति स्वंयमले स्व–जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुईपटक तापक्रम जाँच गर्नुपर्ने छ । तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ । हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मामिटर उपलब्ध छ ।

    हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्डस्यानीटाइजर आदि उपलब्ध छन ।

    अन्य जाँच गर्ने सरसामाग्री जस्तै, इन्फ्रारेड थर्माेमिटर, स्व–जाँच गर्ने थर्मोमिटर, व्यक्तिगत सुरक्षाकवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुराआवश्यक परेमा माग गर्नको लागि र रोगको लक्षण देखिएमा तत्कालै जानकारी दिन र सम्पर्क गर्नको लागि ईमरजेन्सि फोन नम्बर आदिको उचित व्यवस्था छ । आवश्यकता अनुसार प्रयोग गर्नेछन् ।

    आवस्यकता अनुसार मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्शदिने व्यवस्था गरिएको छ । आफुलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्न भनिएको छ ।

    आवश्यकता अनुसार मेडिकल वा अन्य सरसामाग्री सहज रुपमा उपलब्ध छ।

   नियमीत सेवन गरिरहेको औषधीहरू सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउन भनिएको छ । 

    क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ ।

  क्वारेन्टाईनमा रहदा तपाईहरुले अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न दिईने छैन ।


कस्तो लाग्यो ?

यो पनि