जेठ ०७, २०८१, सोमबार
               

नयाँ बसपार्कबाट फेरि ५७ जना पक्राउ

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

फाइल तस्विर
ADVERTISEMENT

नयाँ बसपार्क शुद्धीकरण अभियान अन्तर्गत प्रहरीले काठमाडौंको गोंगबु नयाँ बसपार्कक्षेत्रमा गरेको ‘स्विप अपरेसन’ मा ५७ जना पक्राउ परेका छन् ।

अवैध कार्यमा संलग्न रहेको आशंकामा उनीहरुलाई नयाँ बसपार्कक्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अवैध यौन धन्दा, घरेलु मदिरा बिक्री बितरिण, चोरीलगायतका कार्यमा संलग्नहरु रहेका महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।

गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न प्रहरीले शुद्धीकरण अभियान चलाएको हो ।

पक्राउ पर्नेमा सनकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङललगायत छन् ।

नियन्त्रणमा रहेका सानुकाजी जबरजस्ती करणीका फरार अभियुक्त हुन् । पक्राउ परेका सबै ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको वृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिए ।

अपरेसनका क्रममा प्रहरीले १ सय लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरेको छ ।

गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न प्रहरीले पछिल्लो पटक शुद्धीकरण सुरु गरेको हो । जसअन्तर्गत यसअघि थुप्रै पक्राउ परिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि