जेठ ०७, २०८१, सोमबार
               

गाेरु बाेकेकाे ट्रक पल्टिँदा एककाे मृत्यु, चालक र सहचालक फरार

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा शनिबार बिहान ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नारायणगढबाट हेटौंडा आउँदै गरेको ना६ख २३७ नम्बरको ट्रक मनहरी गाउँपालिका ६ सुनाचुरीमा पल्टिएकाे हाे । 

दुर्घटनामा रुपन्देही धकदही गाउँपालिका–३ निवासी २६ वर्षीय अकबर खानको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी रुपन्देही रोहनी गाउँपालिका ६ निवासी ४० वर्षीय मकबुल महरु मुसलमान गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । मृतक खान र घाइते महरु दुवै गोरु बेक्ने ट्रकमा चढेका थिए ।  

दुर्घटनापछि ट्रक चालक र सहचालक फरार छन् उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि