जेठ ०७, २०८१, सोमबार
               

चीनमा रहेका नेपाली लिन वुहान उड्याे वाइडबडी

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

चीनको वुहानमा हरेका नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ उडेको छ ।

चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली अलपत्र अवस्थामा छन् । 

शनिबार नेपाली समयअनुसार अपराह्न ४ बजेर १ मिनेटमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाटवाइड बडी जहाज वुहानका लागि उडेको जनाइएको छ । 

चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेको बताइएको छ ।

चीनमा रहेका नेपालीहरु वुहान एयरपोर्टमा जम्मा भइसकेको बुझिएको छ । स्थानीय समयअनुसार राति ११ बजे वुहानबाट नेपाली नागरिकलाई लिएर जहाज काठमाडौं फर्कनेछ।


कस्तो लाग्यो ?

यो पनि