जेठ ०७, २०८१, सोमबार
               

जग्गा खाली गराउन बन्दुकसहित भूमाफिया पुगेपछि...

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

सिरहाको मिर्चैया नगरपालिका–५ मा रहेका सुकुमबासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेका छन् ।

भूमाफिया मिर्चैया नगरपालिका–५ का वीरेन्द्र साह पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया–५ को उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन गएका स्थानीयले बताएका छन् । 
दुईनाले बन्दुकसहित उनी पुगेका थिए । उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायत जाति बस्दै आएका छन् ।

भूमाफिया साह दुई नाले बन्दुकसहित पुगेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएका थिए । अमिन ल्याएर र प्रक्रिया पु-याएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको डिएसपी जैसवालले बताए ।


कस्तो लाग्यो ?

यो पनि