जेठ ०७, २०८१, सोमबार
               

ट्राफिक नियम उल्लंघन गरे १० हजार जरिवाना

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

काठमाडौंका अधिकाँश सडकमा देख्न सकिन्छ ‘ट्राफिक नियम उल्लंघन गरेमा १० हजारसम्म जरिवाना गरिनेछ’ । केही ठाँउमा १५ हजारसम्म तिर्नुपर्ने चेतावनीमूलक सूचना समेत राखिएको छ ।

सडकको विचमा राखिएको सानो बोर्डमा चेतावनी मूलक सो सूचना ट्राफिक प्रहरीले टाँसेको हो । पछिल्लो समय ट्राफिक नियम उल्लंघनका घटना बढ्दो ग्राफमा रहेपछि ट्राफिक प्रहरीले सूचना टाँसेको हो ।

ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्नेलाई कारवाहीसँगै सचेतना पनि बढाउँन यस्तो गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।

‘ट्राफिकको आँखा छलेर लेन अनुशासनलगायत अन्य नियम मिच्नेलाई सीसीटीभीलगायतको सहयोगबाटसमेत कारवाही गरिदै आईएको छ, नियम उल्लङघन गर्न हतोत्साहन गर्न सडकको विचमा धेरै ठाँउमा चेतावनीमुलक सूचना राखिएको छ’ ढकालले भने ।

५ हजारसम्म जरिवानाको अधिकार ट्राफिक प्रहरीलाई भएको र त्योभन्दा माथि कारवाही गर्नुपर्ने अवस्था आए यातायात व्यवस्था विभागमा सिफारिस गर्ने गरेको एसएसपी ढकालले बताए ।

सवारी चलक मात्र नभई जथाभावी सडक काट्ने पैदलयात्रुलाई समेत लक्षित गरेर महाशाखाले ट्राफिक कक्षा दिदै आएको छ । पैदलयात्रीले नियम पालना नगरे २० मिनेट सडक छेउमै राखेर ट्राफिक कक्षा दिईने छ ।

पाँचदेखि १५ हजारसम्म जरिवाना हुने व्यवस्थाहरु

–निर्धारति भाडाभन्दा बढी लिएको पाइएमा ।

–सवारीको स्वरुप परिवर्तन अथवा मोडिफाइ गरेमा ।

–वास्तविक नम्बर प्लेट नराखी आफूखुशी नम्बर राखी चलाएमा वा चलाउन लगाएमा ।

–प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कसप सञ्चालन गर्न अनुमति नलिइ सञ्चालन गरेमा । 

यस्तो कसुरमा पाँचसयदेखि एकहजार पाँचसयसम्म जरिवाना 

–ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको । 

–सवारी अड्याउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा । 

–सवारी मोड्न वा ध्वनी संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी संकेत दिएको । 

–सडकमा गलत साइडतर्फबाट सवारी चलाएको । 

–एकतर्फी सडकमा सो विपरीत सवारी चलाएको । 

–अवस्था ठिक नभएको सवारी चलाएको । 

–राति बत्ति नबालि सवारी चलाएको । 

–सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको । 

–नम्बर प्लेट नराखी सवारी चलाएको । 

–पेटी नबाँधि वा हेल्मेट नलाई सवारी चलाएको । 

–सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको । 

–लापरबाही साथ सवारी चलाएको । 

–सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको । 

–सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको । 

यस्तो गल्ती गरेमा दुईसयदेखि एकहजारसम्म जरिवाना हुन सक्छ 

–यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिम सिट सुरक्षित नराखेमा । 

–सार्वजनिक सवारीमा धुम्रपान गरेमा । 

–खतरापूर्ण मालसामनहरु ढुवानी गर्ने मालबाहक सार्वजनिक सावरीले सांकेतिक चिन्ह देखिने गरी नराखी सवारी चलाएमा । 

–मानिसहरु पेटि भएको सडकमा पेटिबाट नहिँडी सडकबाट हिँडेमा । 

–यात्रुवाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्याभन्दा बढी यात्रु राखी सवारी चलाएमा । 

–यात्रुवाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्याभन्दा बढी यात्रु राखी सवारी चलाएमा । 

–लामो बाटोमा यातायात सेवा सञ्चालन सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तिमा दुईजना चालक राखी पालैपालोसँग सवारी नचलाएमा । 

–गति निर्धारण गरिएको स्थानमा सो निर्धा्रित गतिभन्दा बढी वेगले सवारी चलाएमा । 

–तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा । 

–सवारीको अन्य भागमा मानिस राखेको । 

–अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको । 

–प्रायोजन विपरीत सवारी चलाएको । 

–पटके बाटो इजाजतपत्र नलिई सवारी चलाएमा


कस्तो लाग्यो ?

यो पनि