जेठ ०७, २०८१, सोमबार
               

शुभकामना चोकमा ६ लाखसहित जुवाडे पक्राउ

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने १६ जनालाई शुक्रबार राति पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन् । 

देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटीलाई नियन्त्रणमा लिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ठूलो रकम कारोवार गर्नेगरी जुवातास खेलेकाले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । 

पक्राउ परेकासँग नगद पनि नियन्त्रणमा लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि