जेठ ०७, २०८१, सोमबार
               

जबरजस्ती करणीको आरोप लागेका एसएसपी राणा रिहा

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् ।

शुक्रबार सरकारी वकिल कार्यालय सुनसरीले उनलाई  हाजिरी जमानीमा रिहा गरेको हो । 

राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनीमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको छ । 

गृह मन्त्रालयमा इटहरीकी एक महिलाले संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा रहेकै बेला राणाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए । 

ती महिलाले साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् । 

उजुरीपछि राणाले आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका  थिए । 

त्यसपछि गत सोमबार राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । 

पीडित महिलाले  इटहरीको एक होटलमा लगेर राणाले आफूमाथि बलात्कार गरेको दावी गरेकी छिन् । 


कस्तो लाग्यो ?

यो पनि