बैशाख २४, २०८१, सोमबार
               

स्वदेश फर्कने तयारीमा वुहानमा जम्मा हुँदै नेपाली

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

स्वदेश फर्कन आवेदन दिएका १ सय ८५ जना नेपालीलाई चीनबाट आज (शनिबार) स्वदेश फर्काइदैछ ।

उनीहरु शनिबार राति पौने २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । चीनको हुबेई प्रान्तको वुहान र आसपासका सहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार दिउँसो नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट उड्दैछ ।

शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विमान उड्नेछ । विमान राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । 

विमानमा चार जना सरुवा रोग विशेषज्ञ समेत जानेछन् । उनीहरु सबैको चीनमै स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको पुष्टि भएपछि मात्र नेपाल ल्याइनेछ ।

कोरोनाको लक्षण देखिए उपचारका लागि चीनकै अस्पताल पठाइने छ ।

वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर विमान काठमाडौं फर्कनेछ । आइतबार बिहान नेपाली समयअनुसार सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्नेछ । काठमाडौं आइसकेपछि चीनबाट फर्किएका सबै १८२ जनालाई दुई साता  क्वारेन्टाइनमा राखिनेछ । 

विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ ।  बाँकी ‘क्याबिन क्रु’ लाई भने दुई साता नै क्वारेन्टाइनमा राखिनेछ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन् ।


कस्तो लाग्यो ?

यो पनि