जेठ ०७, २०८१, सोमबार
               

बेनी-जाेमसाेम सडकखण्ड एक महिनाभन्दा बढी दैनिक आठ घण्टा बन्द हुने

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक फागुन १० देखि चैत १५ गतेसम्म घुमाउने तालदेखि बेगखोलासम्म दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

सडक स्तरोन्नति तथा विस्तार कार्यका लागि दैनिक आठ घण्टा बन्द गरेर कामलाई तीव्रता दिइने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लाका प्रजिअ, प्रहरी प्रमुख, राजनीतिक दल, स्थानीय तह र बेनी–जोमसोम सडक आयोजना तथा ठेकेदार कम्पनीका प्रतिनिधिको बैठकले सो निर्णय गरेको हो ।
यही फागुन १० देखि चैत १५ गतेसम्मका लागि बेनी जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोला सम्मको सडकमा दैनिक आठ घण्टा सवारी रोकेर सडक स्तरोन्नति गर्ने निर्णय भएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि